७ कात्तिक २०८३ English
English

गाभिन लागेको सामुदायिक विद्यालयमा अहिले पाँच सयभन्दा बढी विद्यार्थी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गाभिन लागेको सामुदायिक विद्यालयमा अहिले पाँच सयभन्दा बढी विद्यार्थी

YouTube मा सब्स्क्राइब

विद्यार्थी नपुगेर कक्षा घटाउने तयारीमा पुगेको कपिलवस्तुको एउटा सरकारी विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या करिब ५ सय १३ पुगेको छ। शिवराज नगरपालिका–१० शितलापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई करिब ९ वर्षअघि कक्षा ५ बाट कक्षा ३ मा झार्ने निर्णय स्थानीयले गरेका थिए। त्यतिबेला विद्यालयमा करिब ५० विद्यार्थी मात्र थिए।

सोही बेला प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका कमलप्रसाद पौडेलले व्यवस्थापन समितिले जिल्ला शिक्षामा पठाउन लागेको उक्त प्रस्ताव रोक्नुभएको थियो। प्रस्ताव रोकेपछि उहाँले विद्यालय सुधारका लागि नयाँ योजना सुरु गर्नुभएको थियो। ग्रामीण क्षेत्रमा विद्यार्थी नपुगेर सरकारी विद्यालयहरू धमाधम गाभिइरहेका बेला यो विद्यालय भने अघि बढेको छ।

अहिले यसलाई नमुना विद्यालयका रूपमा विकास गरिएको छ।

स्रोत

सम्बन्धित समाचार