७ कात्तिक २०८३ English
English

यू–१९ महिला क्रिकेट टोली विश्वकप तयारीका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यू–१९ महिला क्रिकेट टोली विश्वकप तयारीका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा

YouTube मा सब्स्क्राइब

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका लागि नेपालको यू–१९ महिला टोली दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघ, क्यानका सचिव पारस खड्काले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी उल्लेख छ। विज्ञप्तिअनुसार टोली पहिले नोभेम्बर ३ देखि ८ सम्म चीनमा हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२० आई प्रतियोगितामा खेल्नेछ।

त्यस प्रतियोगितामा आयोजक चीन, नेपाल, थाइल्यान्ड र हङकङ गरी चार टोली सहभागी हुनेछन्। त्यसपछि नेपाली टोली भारतको बेङ्गलुरु पुग्नेछ, जहाँ नोभेम्बर १० देखि २२ सम्म त्रिदेशीय शृङ्खला हुँदैछ। उक्त शृङ्खलामा नेपालसँगै भारतका यू–१९ महिला 'ए' र 'बी' टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।

यू–१९ महिला टी–२० विश्वकप सन् २०२७ को जनवरी र फेब्रुअरीमा हुँदैछ, जसका केही खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको छ। त्यसअघि सोही मैदानमा कात्तिक ९ देखि मंसिर ५ सम्म नेपाल प्रिमियर लिग हुँदैछ। आईसीसी पुरुष विश्वकप छनोट प्ले–अफ र नेपाल–बङ्गलादेश टी–२० शृङ्खला पनि त्यहीँ हुने तालिका छ।

स्रोत

सम्बन्धित समाचार