झापामा चर्को आवाजमा डीजे बजाउन रोक, सद्भाव बिथोले कारबाही

झापा जिल्ला प्रशासन कार्यालयले चाडपर्व, धार्मिक उत्सव, र्याली र मूर्ति विसर्जनका बेला चर्को आवाजमा डीजे बजाउन रोक लगाएको छ। बहुधार्मिक र बहुसांस्कृतिक झापामा सद्भाव, भाइचारा र शान्ति कायम राख्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्नुभएको छ। सूचनामा सद्भाव भड्काउने उच्छृङ्खल गतिविधि पनि नगर्न भनिएको छ।
धार्मिक अनुष्ठानका क्रममा मन्दिर, मस्जिद, मदरसा, चर्च वा गुम्बाजस्ता अन्य धर्मका आस्थाका केन्द्रअगाडि होहल्ला नगर्न आग्रह गरिएको छ। आयोजकलाई तोकिएको बाटो र समयसीमा पालना गर्न पनि अनुरोध गरिएको छ। डीजे बजाउनै परे सामाजिक भावनाअनुकूल र मर्यादित ढङ्गले मात्र बजाउन प्रशासनले भनेको छ।
चाडपर्वमा असामाजिक गतिविधि रोक्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको छ। सामाजिक मर्यादा नमान्ने डीजे कम्पनीलाई कारबाहीको दायरामा ल्याइने र कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुने चेतावनी पनि सूचनामा छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


