७ कात्तिक २०८३ English
English

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन

YouTube मा सब्स्क्राइब

भक्तपुरमा नेपालभाषाको ४६औँ साहित्य तःमुंज्या, अर्थात् बृहत् साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम सुरु भएको छ। भक्तपुर नगरपालिका–७ गोमारीको यातामा शुक्रबार बिहान सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले सम्मेलनको उद्घाटन गर्नुभएको छ। नेपालभाषामा 'जनता म्वाःसा भाषा म्वाई' भनिने 'जनता बाँचे भाषा बाँच्छ' नारा बोकेको यो कार्यक्रम २ दिन र २ रात चलेर शनिबार राति सकिने आयोजकले जनाएको छ।

परम्पराअनुसार दिउँसो साहित्यिक र साँझ सांस्कृतिक कार्यक्रम राखिएको छ। कविता, कथा र निबन्ध वाचनसँगै प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा गीत प्रस्तुत गरिँदै छन्। पहिलो दिन आमन्त्रित र अतिथि साहित्यकारले आफ्ना रचना सुनाएका छन्।

भाषा र साहित्यका जानकारले मन्तव्य राखेका छन् भने साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफल पनि भएको छ। नेपाल संवत् ११०० अर्थात् विक्रम संवत् २०३७ देखि हरेक वर्ष भक्तपुर नगरका फरक टोलमा पालैपालो यो सम्मेलन हुँदै आएको छ। आयोजक नेपालभाषा साहित्य तःमुंज्याले यसलाई देशकै ऐतिहासिक साहित्य सम्मेलन भएको दाबी गरेको छ।

स्रोत

सम्बन्धित समाचार