अमेरिकामा नक्कली चुनावी सर्वेक्षण, ठूला सञ्चारमाध्यमसमेत झुक्किए

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा 'वेजवुड पोल्स' नामक संस्थाले आफ्ना धेरैजसो चुनावी सर्वेक्षणका तथ्याङ्क आफैँ बनाएको स्वीकार गरेको छ। सर्वेक्षणका तथ्याङ्क सङ्कलन गर्ने संस्था 'फिफ्टीप्लसवन' ले वेजवुडका सर्वेक्षणको छानबिन गर्दा यो कुरा बाहिरिएको हो। ती नक्कली नतिजा 'द न्युयोर्क टाइम्स' जस्ता ठूला सञ्चारमाध्यमले पनि प्रकाशन गरेका थिए।
चुनावी अभियान र ठूला सञ्चारमाध्यमले उद्धृत गरेका सर्वेक्षण बनावटी निस्किएपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै जनचासो र विश्वास पाउन सक्छ भनेर परीक्षण गर्न यस्तो गरेको संस्थाको दाबी छ। अहिले उसको 'एक्स' खाता हटाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

