द्वन्द्वको सम्झना बोकेको वसन्तपुर डाँडा अब केबुलकारसहित पर्यटकीय गन्तव्य

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबीच भिडन्त भएको स्थानका रूपमा चिनिने पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्य बनेको छ। तिनाउ गाउँपालिका–३ मा पर्ने यो डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि लगानी पनि बढ्न थालेको छ। बुटवल बजारबाट पैदल करिब २ घन्टा लाग्ने यात्रा अहिले केबुलकारबाट करिब आधा घन्टामै पूरा हुन्छ।
भारतीय पर्यटकलाई लक्षित गरेर सुरु गरिएको केबुलकारमा अहिले उनीहरू नै सबैभन्दा धेरै आउने गरेको सञ्चालक चन्द्र ढकालले बताउनुभएको छ। बुटवलमा गर्मी हुँदा पनि डाँडामा चिसो मौसमको आनन्द लिन पाइने भएकाले भारतीय पर्यटक आकर्षित भएको उहाँको भनाइ छ। केबुलकारपछि डाँडामा पाँचतारे होटल, क्यासिनो, जीप पार्कलगायत सुविधासहितका पर्यटकीय योजना बनाउने सोच रहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


