७ कात्तिक २०८३ English
English

बङ्गालको खाडीमा चक्रवात बन्दै, कात्तिक ११ देखि १५ सम्म मौसम प्रभावित हुने; धान काट्न सतर्कता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बङ्गालको खाडीमा चक्रवात बन्दै, कात्तिक ११ देखि १५ सम्म मौसम प्रभावित हुने; धान काट्न सतर्कता

YouTube मा सब्स्क्राइब

बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालमा कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म मौसम बिग्रन सक्ने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै यो जानकारी दिएको छ। महाशाखाका अनुसार पूर्वमध्य र दक्षिणपूर्वी बङ्गालको खाडीमा शुक्रबार बिहान न्यून चापीय क्षेत्र विकसित भएको छ।

मौसम मोडल र भू–उपग्रह तस्बिरको विश्लेषणका आधारमा यो निष्कर्ष निकालिएको महाशाखाले जनाएको छ। यो प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवाती आँधीमा बदलिने सम्भावना छ। आँधी पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबाट जमिनमा पस्न सक्ने अनुमान गरिएको छ।

यसको असरस्वरूप नेपालमा बदली र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तर, नेपालमा कति पानी पर्छ र जोखिम कति ठूलो हुन्छ भन्ने कुरा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। सम्भावित प्रतिकूल मौसमले कृषि र पर्यटन क्षेत्रमा असर पार्न सक्ने भन्दै महाशाखाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार