५ कात्तिक २०८३ English
English

आगामी मंगलबारदेखि एक साताभन्दा बढी देशका धेरै ठाउँमा वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आगामी मंगलबारदेखि एक साताभन्दा बढी देशका धेरै ठाउँमा वर्षाको सम्भावना
तस्बिर: थाहाखबर

आगामी साताबाट नेपालका धेरै क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ। बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन्।

विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने देखाएका छन्। केही स्थानमा भारी वर्षा हुन सक्ने पनि बताइएको छ। मौसमविद् विनोद पराजुलीले सम्भावित वर्षाप्रति सतर्क रहन आग्रह गरेका छन्।

हाल भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा भने चिसो बढ्न थालेको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार बिहान गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार