PHP मा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

साइबर सुरक्षामा कमजोरी भेटिएपछि नेपालका सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द भएका छन्। वेबसाइट बनाउन व्यापक रूपमा प्रयोग हुने PHP प्रविधिमा एआईले ठूला कमजोरी पत्ता लगाएपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द गरिएका हुन्।
साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न आग्रह गरेका थिए। सुरक्षा अपडेट लागू गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न पनि ती निकायले आग्रह गरेका थिए।
सोहीअनुसार आज बिहीबार बिहानदेखि नेपालका सरकारी वेबसाइटहरू बन्द अवस्थामा छन्।
वेबसाइटहरू कहिलेदेखि पुनः सञ्चालनमा आउँछन् भन्नेबारे भने थप जानकारी सार्वजनिक भएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

