पश्चिम एसियाली युवा चेस च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा भाग लिन १८ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ। प्रतियोगिता भारतको गुजरात राज्यस्थित अहमदाबाद सहरमा अक्टोबर २२ देखि ३१ सम्म हुनेछ। नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाइ गर्नुभएको छ।
महासङ्घकी केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा गएको टोलीमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच अभिभावक र एक निर्णायक छन्। छात्रतर्फ युवा–८ मा सुनव ओझा, युवा–१० मा शुभाङ्ग प्रधान र युवा–१२ मा अग्रिम सैंजूले प्रतिस्पर्धा गर्नेछन्। युवा–१४ समूहमा आयुष भण्डारी र प्रबिर केसी सहभागी हुनेछन्।
छात्रातर्फ युवा–१० मा अग्रता आचार्य, युवा–१२ मा निहाना श्रेष्ठ, युवा–१४ मा उज्जिवनी कँडेल र युवा–१६ मा नेलिसा ओझा खेल्नेछन्। प्रबिश प्रजापति निर्णायकको जिम्मेवारीमा हुनुहुन्छ। अभिभावकका रूपमा भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल टोलीसँगै जानुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


