५ कात्तिक २०८३ English
English

नेपालका पहिलो दृष्टिविहीन अधिवक्ता लक्ष्मण ज्ञवालीको संघर्ष

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपालका पहिलो दृष्टिविहीन अधिवक्ता लक्ष्मण ज्ञवालीको संघर्ष

YouTube मा सब्स्क्राइब

नेपालकै पहिलो दृष्टिविहीन अधिवक्ता डा. लक्ष्मणप्रसाद ज्ञवाली अहिले अपाङ्गता अधिकार आन्दोलनमा सक्रिय हुनुहुन्छ। गुल्मीमा जन्मिनुभएका ज्ञवालीले सानैदेखि आर्थिक अभाव र समाजको सङ्कीर्ण सोच झेल्नुपरेको थियो।

जीविका चलाउनुपर्ने बाध्यताले उहाँले कानुन पढ्न थाल्नुभएको हो। बार काउन्सिलको परीक्षा पास गरेर वकालतको लाइसेन्स पाउन उहाँले धेरै चुनौती सामना गर्नुपरेको थियो। लाइसेन्स पाएपछि बहस गर्न न्यायालय पुग्दा भोगेको चुनौती त्योभन्दा पनि कडा भएको उहाँको अनुभव छ।

दृष्टिविहीन वकिल बहस गर्न आएको देख्दा न्यायाधीशबाटै आश्चर्य र प्रश्न आएको उहाँले सुनाउनुभएको छ। स्नातकोत्तर तहको कानुन अर्थात् एलएलएम पढ्न खोज्दा डीनले अस्वीकार गरेपछि उहाँले राजनीतिशास्त्रमा विद्यावारिधि हासिल गर्नुभएको छ। अहिले उहाँ फेरि एलएलएम अध्ययन गरिरहनुभएको छ।

स्रोत

सम्बन्धित समाचार