अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना, बाबु–छोराको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाबु र छोरा रहेका छन्।
भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका छोराको मृत्यु भएको हो।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


