५ कात्तिक २०८३ English
English

आईसीसी पुरुष विश्वकप छनोट प्लेअफ डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईसीसी पुरुष विश्वकप छनोट प्लेअफ डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुने
तस्बिर: नेपाल लाइभ

आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो।

क्यानका सचिव पारस खड्काले सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटअन्तर्गतको यो प्लेअफ काठमाडौंमा हुने जानकारी दिएका हुन्। प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले विश्वकप छनोटको अर्को चरणमा स्थान पाउनेछन्।

प्लेअफ आयोजनाका कारण डिसेम्बरमा तय भएको नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको पूर्वतालिका परिवर्तन हुने भएको छ। क्यानले सूचना जारी गर्दै उक्त शृङ्खलाको नयाँ तालिका पछि सार्वजनिक गरिने जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार