४ कात्तिक २०८३ English
English

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, लिस्ट ‘ए’ टी–२० को दर्जा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, लिस्ट ‘ए’ टी–२० को दर्जा
तस्बिर: अनलाइनखबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सबै खेललाई आधिकारिक मान्यता दिएको छ। यससँगै एनपीएलका सबै खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले आईसीसीबाट यो मान्यता पाएको जानकारी दिएका छन्।

यो मान्यता क्यानको आयोजनामा हुने तेस्रो संस्करणको एनपीएलका सबै खेलमा लागू हुन्छ। सिद्धार्थ बैंक यो लिगको प्रायोजक हो।

क्यानले जारी गरेको विज्ञप्तिअनुसार आईसीसीले लिगका केही खेललाई मात्र होइन, सम्पूर्ण खेललाई लिस्ट ‘ए’ टी–२० का रूपमा मान्यता दिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार