विजया दशमीको टीकासँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्दै

विजया दशमीको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन हिँडेका मानिसको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।
घटस्थापनादेखि प्रायः सुनसान रहेका राजधानीका सडकमा नवदुर्गाको प्रसादका रूपमा रातो टीका र पहेँलो जमरा लगाएपछि मानिसको चहलपहल धेरै बढेको हो। बडादसैँको फूलपाती र अष्टमीलगायतका दिनमा उपत्यकाका सडक तुलनात्मक रूपमा खाली थिए।
सडकमा मानिसको आवतजावत बढे पनि उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा यात्रुलाई समस्या भएको उज्यालोले जनाएको छ।
टीका लगाउन आफन्त र मान्यजनको घरमा जानेहरूको संख्या बढेसँगै दिनभर उपत्यकाका सडकमा चहलपहल रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


