कंगोमा राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली लेफ्टिनेन्ट कर्णेलको महिला, शान्ति र सुरक्षा पहलको चर्चा

संयुक्त राष्ट्रसंघको कंगो शान्ति मिसनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रविन थापाले महिला सैनिकलाई सक्रिय भूमिका दिएको भन्दै उहाँको नेतृत्वको प्रशंसा भएको छ। कंगोस्थित मिसनमा बटालियन कमान्डर रहनुभएका थापाको कामबारे संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। अभियानका अनुसार थापाको नेतृत्वमा गस्ती, समुदायसँगको संवाद, सुरक्षा टोली तथा आपत्कालीन कार्यमा महिला सैनिक परिचालन गरिएको थियो।
यसबाट स्थानीय महिला र बालिकाका समस्या बुझ्न र समुदायसँग प्रभावकारी कुराकानी गर्न सहयोग पुगेको जनाइएको छ। उहाँले महिला, शान्ति तथा सुरक्षा कार्यसूचीलाई सैन्य अभियानको अभिन्न हिस्साका रूपमा अघि बढाउनुभएको थियो। सामान्यतया पुरुषको बाहुल्य रहने जिम्मेवारीमा पनि महिला सैनिकलाई सहभागी गराइएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

