४ कात्तिक २०८३ English
English

दसैँको टीकाको दिन बाँकेको कपासीमा आगलागी, सात घर पूर्ण रूपमा जले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँको टीकाको दिन बाँकेको कपासीमा आगलागी, सात घर पूर्ण रूपमा जले
तस्बिर: नेपाल लाइभ

बाँकेको कपासीमा दसैँको टीकाको दिन आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेका छन्। विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाउने चहलपहल चलिरहेका बेला यो आगलागी भएको हो।

विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। आगलागीबाट सातवटै घरमा पूर्ण क्षति पुगेको छ।

प्रहरीका अनुसार आगलागीमा कुनै मानिस वा चौपायाको क्षति भएको छैन। तर घरसँगै अरू के कति क्षति भयो भन्ने विवरण भने अझै खुलिसकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। क्षतिको पूरा विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार