५ कात्तिक २०८३ English
English

न्यालु लेकमा हिउँ हटाउने काम अधुरै रोकियो, हुम्लाको लिमी जाने बाटो अझै बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
न्यालु लेकमा हिउँ हटाउने काम अधुरै रोकियो, हुम्लाको लिमी जाने बाटो अझै बन्द

YouTube मा सब्स्क्राइब

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी जोड्ने सडकमा जमेको हिउँ पन्छाउने काम अधुरै रोकिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार केही दिनअघि सुरु गरिएको काम बीचमै बन्द भएको हो। सल्ली हुँदै पुगेको जेसीबीले सेलिवाङ दहबाट हिउँ हटाउँदै न्यालु लेकदेखि सिमकोटतर्फको सडक खुलाएको थियो।

तर न्यालु लेकबाट लिमीतर्फको खण्डको हिउँ नफालेरै जेसीबी फर्किएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभएको छ। उहाँका अनुसार न्यालु लेकको सडकमा ३ देखि ५ फिटसम्म हिउँ जमेको छ। लेकको लिमीतर्फको भागमा बाक्लो हिउँ बाँकी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

यसले हिमालपारिको लिमी क्षेत्रमा आवतजावत सहज बनाउने प्रयासमा थप अड्चन ल्याएको छ।

स्रोत

सम्बन्धित समाचार