बाढी प्रभावित क्षेत्रमा पढाइ अस्तव्यस्त, विज्ञको सुझाव: सीपमा आधारित शिक्षा

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रका विद्यार्थीको पढाइ अझै सहज हुन सकेको छैन। बाढी गएको करिब १ महिनापछि प्रभावित क्षेत्रमा अस्थायी रूपमा पठनपाठन सुरु भएको छ। तर विद्यालय पुग्ने बाटोको समस्याले विद्यार्थीलाई दैनिक आवतजावतमा कठिनाइ परेको छ।
केही विद्यार्थी अर्को विद्यालयमा सर्नुपर्दा उनीहरूले नयाँ ठाउँमा सास्ती भोगिरहेका छन्। छात्रावास नहुँदा पनि पढाइ निरन्तर राख्न गाह्रो भएको छ। बाढीपछि बालबालिकाको मनोविज्ञानमा आएको परिवर्तन अर्को ठूलो चुनौती बनेको छ।
सरकारले विपद्पछिको आवश्यकता मूल्याङ्कन, अर्थात् पीडीएनएको प्रतिवेदन आएपछि मात्र पठनपाठनको दीर्घकालीन समाधान खोजिने जनाएको छ। विज्ञहरूले भने विपद्को यो बेला पढाइ नरोकिने गरी परम्परागत शैलीभन्दा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


