५ कात्तिक २०८३ English
English

नेकपा मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता रास्वपामा (एउटै स्रोत, मुख्य समाचार नबनाउने)

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेकपा मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता रास्वपामा (एउटै स्रोत, मुख्य समाचार नबनाउने)

YouTube मा सब्स्क्राइब

नेकपाका मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पुष्पकमल दाहाल नेतृत्वको नेकपा छाडेर उनले रास्वपाको सदस्यता लिएका हुन्। गुप्ताको घर पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा छ।

उनी दुई दशकभन्दा लामो समयदेखि दाहाल नेतृत्वको कम्युनिष्ट पार्टीमा सक्रिय थिए। २०६१ सालमा विद्यार्थी राजनीतिबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो। २०६३ सालमा अखिल (क्रान्तिकारी) को नगर समिति सदस्य बनेका उनी अर्को वर्ष जिल्ला समिति सचिवालय सदस्य भएका थिए।

२०६५ सालमा उनले ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका थिए। त्यसको एक वर्षपछि उनले सोही क्याम्पसको इकाई कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। २०६७ सालमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रको पर्सा जिल्ला सदस्यमा मनोनीत भएका थिए।

स्रोत

सम्बन्धित समाचार