५ कात्तिक २०८३ English
English

विजया दशमीमा महोत्तरीका विभिन्न ठाउँमा मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विजया दशमीमा महोत्तरीका विभिन्न ठाउँमा मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
तस्बिर: नागरिक

शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव महोत्तरीका धेरै ठाउँमा सम्पन्न भएको छ।

मटिहानीसहित जिल्लाका विभिन्न ठाउँमा बुधबार साँझ रावणवध लीला प्रस्तुत गरी यो उत्सव मनाइएको हो। मैथिल परम्पराअनुसार विजया दशमीको दिन यो उत्सव मनाउने चलन छ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन रावणको वध भएको धार्मिक मान्यताअनुसार मिथिलामा हरेक वर्ष विजया दशमीका दिन रावणवध उत्सव मनाइन्छ।

दसैँको टीकाको दिन मनाइने यो उत्सवले मिथिला क्षेत्रमा विजया दशमीको उल्लास थपेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार