साउदी अरबको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। आक्रमण साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको थियो।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय भने खुलाइएको छैन।
उक्त आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। घाइतेको संख्या र उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।
मृत्यु भएका नेपाली श्रमिकको पहिचान र शव स्वदेश ल्याउने प्रक्रियाबारे थप जानकारी आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


