बिर्तामोडमा बडी ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय वृद्धको जलेर मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। बिहीबार बिहान करिब ४ बजेर १० मिनेटमा विद्युत् सर्ट भई आगलागी भएको हो।
मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन्। उनी सोही क्यान्टिनमा काम गर्थे।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागीमा लाखौँ रुपैयाँ बराबरको सामान नष्ट भएको छ। आगलागीमा खसीबाख्रा र नगदसमेत जलेर नष्ट भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

