हुथी आक्रमण बढेपछि अमेरिकाले साउदीस्थित दूतावासबाट कर्मचारी फिर्ता बोलायो, दम्माम विमानस्थलमा आक्रमण
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासका गैर–आकस्मिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई देश छाड्न आदेश दिएको छ। अमेरिकाले साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगबाट केही कर्मचारी फिर्ता बोलाउन लागेको हो।
यसैबीच साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति आक्रमण भएको छ। उक्त आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


