६ कात्तिक २०८३ English
English

दसैँका जात्रा: पाटनमा अष्टमातृका नाच, असन र दोलखामा खड्ग जात्रा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका जात्रा: पाटनमा अष्टमातृका नाच, असन र दोलखामा खड्ग जात्रा

YouTube मा सब्स्क्राइब

दसैँ सकिएसँगै उपत्यका र दोलखामा परम्परागत जात्रा तथा नाच सम्पन्न भएका छन्। घटस्थापनादेखि ११ दिनसम्म देखाइने ललितपुरको पाटनको अष्टमातृका नाच अर्थात् गँः प्याखँ बिहीबार टुङ्गिएको छ। नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार मल्ल राजा श्रीनिवास मल्लको पालादेखि चलेको यो तान्त्रिक नाच करिब ३६२ वर्ष पुरानो मानिन्छ।

हरेक वर्ष घटस्थापनाका दिन नकबहिल परिसरमा पूजा गरेर यो नाच सुरु गरिन्छ। शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुने यो नाचलाई नेवार सभ्यताको मौलिक पहिचान मानिन्छ। काठमाडौँको असनमा भने तुलाधर समुदायले कुलदेवताको पूजापछि कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेर खड्ग जात्रा मनाएको छ।

समुदायका सबैभन्दा कान्छो बालकलाई नाइके बनाएर बाजागाजासहित टोल परिक्रमा गराइएको छ। यो जात्रालाई सम्राट् अशोकले कलिङ युद्धपछि शस्त्र त्यागेको घटनासँग पनि जोडेर हेरिन्छ। देशमा दोलखा सहरमा मात्र देखाइने खड्गे जात्रा पनि बिहीबार सकिएको छ।

टीकाको भोलिपल्ट बिहानदेखि साँझसम्म चल्ने यो जात्रामा सहभागीले सेतो दौरा, जामा र फेटा लगाई जमराको माला भिरेर हातमा खड्ग लिँदै टोलटोलमा युद्ध शैलीको नाच देखाएका छन्। स्थानीय भरत नारायण प्रधानका अनुसार यो जात्रा देवदेवीले महिषासुरमाथि पाएको विजयको सम्झनामा मल्लकालदेखि मनाइँदै आएको छ।

स्रोत

सम्बन्धित समाचार