मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (कुभिण्डो) जात्रा सम्पन्न

भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा बिहीबार सम्पन्न भएको छ। नेवार भाषामा ‘खाँः’ भनेर चिनिने यो जात्रालाई कुभिण्डो जात्रा पनि भनिन्छ।
विजयादशमीको भोलिपल्ट पापांकुश एकादशीका दिन यो जात्रा मनाइने गरिन्छ। मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने यो जात्राको सम्बन्ध घटस्थापनाका दिनदेखि थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरसँग जोडिएको छ।
तत्कालीन राजदरबारका रूपमा रहेको लायकूस्थित तलेजु भवानीको द्योछेँबाट जात्रा सुरु हुन्छ। जात्रामा मल्लकालीन युद्धकलाको प्रदर्शन गरिन्छ।
प्रत्येक वर्ष बडादसैँको एकादशीमा मनाइने यो जात्रा हेर्न स्थानीयसहित ठूलो संख्यामा दर्शक जम्मा हुने गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


