५ कात्तिक २०८३ English
English

एनपीएल: कर्णाली याक्सले पाकिस्तानका कप्तान फरहान र अलराउन्डर हुसेन तलतलाई अनुबन्ध गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल: कर्णाली याक्सले पाकिस्तानका कप्तान फरहान र अलराउन्डर हुसेन तलतलाई अनुबन्ध गर्‍यो
तस्बिर: नेपाल प्रेस

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका दुई खेलाडीलाई अनुबन्ध गरेको छ।

पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनले टी-२० विश्वकपमा भारतका विराट कोहलीको रेकर्ड तोडेका थिए।

पाकिस्तानकै ३० वर्षीय अलराउन्डर हुसेन तलत पनि कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले तलतलाई बिहीबार विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो।

एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीलाई अनुबन्ध गर्ने क्रम जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार