५ कात्तिक २०८३ English
English

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यकामा ३ हजार ५८५ जना लाभान्वित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट काठमाडौं उपत्यकामा ३ हजार ५८५ जना लाभान्वित
तस्बिर: अनलाइनखबर

बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाएका थिए। यो सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।

दसैँका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुलाई आवतजावत गर्न समस्या हुने गरेको छ। यस्तो बेला सुरक्षा निकायले चलाएको निःशुल्क बस सेवा सर्वसाधारणका लागि सहारा बनेको छ।

नेपाल प्रहरीले मात्र चलाएको बस सेवाबाट दुई दिनमा एक हजार ४०६ जना लाभान्वित भएका छन्। प्रहरीका अनुसार कात्तिक ३ गते मात्र ५१० जनाले यो सेवा लिएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दसैँका अवसरमा उपत्यकामा यो सेवा चलाएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार