बुबाको सारङ्गीले बनायो तबलावादक, भुवन गन्धर्वका २५ हजारभन्दा बढी गीत

तबलावादक भुवन गन्धर्वले हालसम्म २५ हजारभन्दा बढी गीतमा तबलाको ताल भरिसक्नुभएको छ। उहाँका बुबा जंगबहादुर गन्धर्व नेपालका प्रख्यात सारंगीवादक हुन्। बाजा बजाउने पुर्ख्यौली विरासत भए पनि भुवनले सारंगीको सट्टा तबला रोज्नुभयो।
बुबाको सारंगीको सुरसँग ताल मिलाउने चाहनाले नै उहाँलाई तबलावादक बनाएको हो। तबला बजाउनु उहाँको रुचि थियो र त्यसैलाई उहाँले पेसा बनाउनुभयो। हजारौँ गीतमध्ये पनि आफूले बजाएको धुन सुन्नेबित्तिकै चिन्न सक्ने उहाँ बताउनुहुन्छ।
गन्धर्व परिवारमा अब तेस्रो पुस्ता पनि तबलामा जोडिएको छ। भुवनका १२ वर्षीय छोरा रिदमले पनि तबला बजाएर बुबाको विरासत अघि बढाइरहेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


