बाढीले व्यवसाय बगायो, अब बैंकको ऋण तिर्ने चिन्ता

भदौ महिनामा तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङसम्मका धेरै व्यवसायीको कारोबारमा ठूलो क्षति पुर्याएको छ। बाढीमा व्यवसाय नै गुमाएका व्यवसायीका लागि अब बैंकबाट लिएको ऋण तिर्नु अर्को ठूलो पीर बनेको छ। यसअघि भूकम्पजस्ता ठूला विपद्का बेला सरकारले प्रभावित ऋणीका लागि अल्पकालीन र दीर्घकालीन दुवै किसिमका राहत प्याकेज ल्याएको थियो।
यस पटकको बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिन सरकार र सम्बन्धित निकायले के गरिरहेका छन् भन्ने प्रश्न उठेको छ। यसै विषयमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलसँग कुराकानी गरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


