पीएचपीमा गम्भीर सुरक्षा जोखिम: केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ती वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरेको हो। पीएचपी वेबसाइट निर्माणमा प्रयोग हुने प्रविधि हो।
बन्द भएका सरकारी वेबसाइट पुनः सञ्चालनमा ल्याउन सरकारले काम गरिरहेको अनलाइनखबरले जनाएको छ।
यसैबीच, सिद्धार्थ बैंकको वेबसाइट तथा अनलाइन सेवा पनि बन्द भएको छ। बैंकले विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको सुरक्षा संवेदनशीलता तथा हुनसक्ने जोखिमहरूलाई मध्यनजर गर्दै सेवा बन्द गरेको जनाएको छ।
सेवा पुनः सुचारु हुने समयबारे आधिकारिक जानकारी आउन बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

