विपद्पछिको पुनःनिर्माणमा बजेटको कमी हुँदैन: मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्। मन्त्री लम्साल गुल्मी, बागलुङ, पर्वत र म्याग्दी हुँदै मुस्ताङसम्मको सडकखण्डको अवस्था बुझ्न पुगेका थिए।
निरीक्षणका क्रममा मन्त्री लम्सालले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा बजेटको कमी नहुने प्रतिबद्धता व्यक्त गरे।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढीपहिरोका कारण सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। उनका अनुसार क्षतिग्रस्त सडकको पुनःनिर्माणका लागि करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
कालीगण्डकी कोरिडोर गुल्मीदेखि मुस्ताङसम्म जोड्ने प्रमुख सडक मार्ग हो। यस वर्षको मनसुनमा आएको बाढीपहिरोले कोरिडोरका विभिन्न खण्डमा क्षति पुर्याएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

