६ कात्तिक २०८३ English
English

म्याग्दीको मुसुङमा अलैँची खेतीको परीक्षण सफल, व्यावसायिक विस्तार सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्याग्दीको मुसुङमा अलैँची खेतीको परीक्षण सफल, व्यावसायिक विस्तार सुरु

YouTube मा सब्स्क्राइब

म्याग्दीको बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रूपमा गरिएको अलैँची खेती सफल भएपछि त्यहाँ व्यावसायिक खेती विस्तार हुन थालेको छ। तीन वर्षअघि सुरु गरिएको परीक्षण खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ। वडाअध्यक्ष पदम पुनका अनुसार चारखोलाको ओसिलो उत्तिस जङ्गलभित्र लगाइएको अलैँची फल्न थालेपछि अरू किसान पनि खेती बढाउन अघि सरेका छन्।

अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने देखेर बाँझो ओसिलो जमिनको झाडी सफा गरी २० रोपनीभन्दा बढी क्षेत्रमा अलैँची रोपिएको उहाँले बताउनुभएको छ। ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन बगाएपछि यो ठाउँ झाडीले ढाकिएको थियो। 'कालो सुन' भनिने अलैँची मुख्य रूपमा पूर्वी नेपालको कोशी प्रदेशका पहाडी जिल्लामा खेती हुँदै आएको छ।

कृषि प्राविधिकका अनुसार समुद्र सतहबाट ८०० देखि १ हजार ८०० मिटरसम्म उचाइका ओसिला ठाउँ यो खेतीका लागि उपयुक्त हुन्छन्। वार्षिक २ हजारदेखि २ हजार ५०० मिलिमिटरसम्म वर्षा हुने क्षेत्र अलैँचीका लागि उपयुक्त मानिन्छ।

स्रोत

सम्बन्धित समाचार