६ कात्तिक २०८३ English
English

विदेशमा जन्मिएका नेपाली मूलकालाई परिचयपत्र दिन पीएनओको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विदेशमा जन्मिएका नेपाली मूलकालाई परिचयपत्र दिन पीएनओको माग

YouTube मा सब्स्क्राइब

विदेशमा जन्मिएका नेपाली मूलका व्यक्तिलाई औपचारिक पहिचान दिन परिचयपत्र वा मान्यतापत्रको व्यवस्था गर्न पीपुल अफ नेपाली ओरिजिन, पीएनओले नेपाल सरकारसँग माग गरेको छ। थाइल्यान्डको राजधानी बैंककमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकका बेला पीएनओका अध्यक्ष कुमार कार्कीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यससम्बन्धी पत्र हस्तान्तरण गर्नुभएको छ। उक्त बैठक अक्टोबर ११ देखि १८ सम्म सञ्चालन भएको थियो।

पत्र बुझाउने क्रममा सांसद अर्जुनबहादुर कार्की र राजदूत धनबहादुर ओली पनि उपस्थित हुनुहुन्थ्यो। भेटमा विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिसको पहिचान, अधिकार र नेपालसँगको नाताबारे छलफल भएको थियो।

स्रोत

सम्बन्धित समाचार