६ कात्तिक २०८३ English
English

रास्वपा सभापति लामिछाने तीन दिने निजी भ्रमणमा भारत जाँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रास्वपा सभापति लामिछाने तीन दिने निजी भ्रमणमा भारत जाँदै

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति रवि लामिछाने कात्तिक ६ गते शुक्रबारदेखि तीन दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ। उहाँको निजी सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन भएको उल्लेख छ। सचिवालयका अनुसार सभापति लामिछाने धनगढी हुँदै भारत जानुहुनेछ।

भ्रमणका क्रममा उहाँ परिवारसहित भारतको उत्तराखण्ड, नैनीतालमा रहेको कैंची धाम पुग्नुहुनेछ। उहाँले आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पनि सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। विज्ञप्तिमार्फत सचिवालयले पार्टी पङ्क्ति, शुभचिन्तक र आम जनसमुदायलाई सभापतिको प्रस्थानबारे जानकारी गराएको छ।

सचिवालयका अनुसार तीन दिने आध्यात्मिक र पारिवारिक भ्रमण सकेर सभापति लामिछाने स्वदेश फर्किनुहुनेछ।

स्रोत

सम्बन्धित समाचार