६ कात्तिक २०८३ English
English

इच्छाकामनाका भूमिहीनले पाए जग्गाधनी प्रमाणपुर्जा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इच्छाकामनाका भूमिहीनले पाए जग्गाधनी प्रमाणपुर्जा

YouTube मा सब्स्क्राइब

चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीन बासिन्दाले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। वर्षौंदेखि बसिआएको जमिनबाट कुनै दिन हटाइने हो कि भन्ने डर हटेर सुरक्षित भविष्यको आस पलाएको पुर्जा पाउनेहरूले बताएका छन्। रातो खोलभित्रको पुर्जामा आफ्नै नाम र फोटो देखेपछि उनीहरू खुसी देखिएका छन्।

७१ वर्षीय पूर्णबहादुर प्रजाले "पुर्खाले नपाएको पुर्जा मैले पाएँ" भन्दै जमिनमाथिको हक पक्का भएको अनुभूति अहिले मात्र भएको बताउनुभएको छ। युवा मनिला तामाङ र २०१० सालमा जन्मेका देवलाल गुरुङले पनि आफ्नै नाममा पुर्जा पाउनुभएको छ। मङ्गलबहादुर चेपाङ र उहाँकी श्रीमती शान्तिमाया चेपाङ दुवैले आफ्नै तस्बिर टाँसिएको पुर्जा प्राप्त गर्नुभएको छ।

चितवन जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी झन्डै ४५ हजार निवेदन परेका छन्। ती निवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइएको नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत श्रीधर ढुङ्गानाले जानकारी दिनुभएको छ। ढुङ्गाना जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिवसमेत हुनुहुन्छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले लामो समयदेखि गर्दै आएको तयारीले अहिले ठोस रूप लिन थालेको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार