६ कात्तिक २०८३ English
English

हप्ताभर वर्षाको हल्ला, मौसमविद्ले भने आत्तिनु पर्दैन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हप्ताभर वर्षाको हल्ला, मौसमविद्ले भने आत्तिनु पर्दैन

YouTube मा सब्स्क्राइब

सामाजिक सञ्जालमा एक साताभर पानी पर्ने भन्ने हल्ला फैलिएपछि नेपाल मौसम विज्ञान विभागले आत्तिनु नपर्ने जनाएको छ। विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार आगामी मंगलबारदेखि देशका केही भूभागमा पानी पर्न सक्छ। तर कुन ठाउँमा, कति मात्रामा र कति दिनसम्म वर्षा हुन्छ भन्ने अहिले नै यकिन नभएको उहाँले बताउनुभएको छ।

हल्लाका कारण विशेषगरी किसानहरू चिन्तित देखिएको उहाँको भनाइ छ। नेपालमा ३ दिनसम्मको पूर्वानुमान धेरैजसो मिल्ने तर ७ दिनको अनुमान भरपर्दो नहुने मौसमविद् महर्जनले स्पष्ट पार्नुभएको छ। मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले हल्लामा विश्वास नगर्न उहाँले आग्रह गर्नुभएको छ।

अर्को साताको वर्षाबारे केही दिनभित्रै सूचना सार्वजनिक गरिने बताउँदै उहाँले विभागको आधिकारिक जानकारीलाई मात्र पत्याउन अनुरोध गर्नुभएको छ। महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका साथै कोशी र गण्डकीका पहाडी एक-दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ। अन्य पहाडी तथा हिमाली भागमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहने अनुमान छ।

तराईमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सडक र हवाई यात्रामा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

स्रोत

सम्बन्धित समाचार