४ कात्तिक २०८३ English
English

विजया दशमीको दिन देशभर मौसम मुख्यतया सफा, हिमाली र पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विजया दशमीको दिन देशभर मौसम मुख्यतया सफा, हिमाली र पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना
तस्बिर: नागरिक

बडादसैँको टीकाको दिन बुधबार देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

हिमाली तथा पहाडी भू-भागका केही ठाउँमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा वर्षा र हिमपात हुन सक्छ।

दसैँको टीका लगाउन र घुमफिरमा निस्कनेका लागि देशका धेरैजसो भागमा मौसम अनुकूल रहने देखिन्छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार