४ कात्तिक २०८३ English
English

दसैँमा रातो माटो, कमेरो र खोटोले घर पोत्ने चलन ओझेलमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा रातो माटो, कमेरो र खोटोले घर पोत्ने चलन ओझेलमा

YouTube मा सब्स्क्राइब

सिमेन्ट र बजारका आधुनिक रङको प्रयोग बढेसँगै धनकुटामा दसैँअघि रातो माटो, कमेरो र खोटोले घर पोत्ने परम्परा हराउँदै गएको छ। पहिले दसैँ नजिकिँदा गाउँबस्तीमा घर पोत्ने माटो खोज्न निकै चटारो हुन्थ्यो। चिम्टिया र रातो माटो पाइने ठाउँमा मानिसको भीड लाग्थ्यो। परिवारका सबै सदस्य मिलेर भित्ता सफा गरी माटोले लिप्ने, कमेरो लगाउने र झ्यालढोकामा खोटो दल्ने गर्थे। घरलाई चिटिक्क पार्ने यो काम दसैँको तयारीको अभिन्न अङ्ग मानिन्थ्यो। समयसँगै घर बनाउने शैली नै बदलिएको छ।

स्रोत

सम्बन्धित समाचार