‘मिस वेलनेस वर्ल्ड २०२६’ विजेता सान्वी मण्डललाई जनकपुरधाममा स्वागत

मिस वेलनेस वर्ल्ड २०२६ को उपाधि जितेकी सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ। मंगलबार उहाँको गाउँ भोइलमा आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव र स्थानीयवासीले उहाँलाई सम्मान गरेका छन्। थाइल्याण्डको राजधानी बैङ्ककमा गत महिना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मण्डलले यो उपाधि आफ्नो नाममा पार्नुभएको थियो।
शारीरिक र मानसिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीलाई मुख्य आधार बनाइएको प्रतियोगितामा उहाँ जनकपुरधाम र मिथिला संस्कृतिको प्रतिनिधि बनेर सहभागी हुनुभएको थियो। प्रतिभा खण्डमा उहाँले झिझिया नृत्य प्रस्तुत गर्नुभएको थियो। सभामुख यादवले विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठा बढाएकामा सम्पूर्ण मधेस प्रदेशको तर्फबाट मण्डललाई धन्यवाद दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

