४ कात्तिक २०८३ English
English

सीमा बन्द नगरे युरोप सकिन्छ: ट्रम्पको चेतावनी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सीमा बन्द नगरे युरोप सकिन्छ: ट्रम्पको चेतावनी

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक्न युरोपले सीमा बन्द नगरे र अपराधमा संलग्नलाई देशनिकाला नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने चेतावनी दिनुभएको छ। सोमबार ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै उहाँले फ्रान्सलगायत युरोपेली देशमा देखिएको अशान्तिको मूल कारण आप्रवासन भएको दाबी गर्नुभएको छ। ट्रम्पका अनुसार फ्रान्सको समस्याको जरो शिक्षा वा घरेलु नीति होइन, आप्रवासन हो।

उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई सीमा बन्द गर्न वर्षौँअघि नै सुझाव दिएको र यसबारे पटकपटक सचेत गराएको बताउनुभएको छ। आफ्नो संस्कृति, कला र सम्पत्तिको सम्मान नगर्ने मानिसलाई भित्र्याउँदा फ्रान्स समस्यामा परेको ट्रम्पको दाबी छ। उहाँले पेरिसको जनसङ्ख्याको बनोट बदलिने टिप्पणी पनि गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार