४ कात्तिक २०८३ English
English

डीआरएस लागू भएपछि एनपीएल तेस्रो संस्करणको खेल समय फेरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डीआरएस लागू भएपछि एनपीएल तेस्रो संस्करणको खेल समय फेरियो

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग, एनपीएलको तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम, डीआरएस प्रयोग हुने भएपछि खेल सुरु हुने समय परिवर्तन गरिएको छ। नेपाल क्रिकेट संघ, क्यानका सचिव पारस खड्काको हस्ताक्षरमा मङ्गलबार जारी विज्ञप्तिमा यस्तो उल्लेख छ। नयाँ तालिकाअनुसार एकै दिन दुईवटा खेल पर्दा पहिलो खेल १२:३० बजे नै हुने छ भने दोस्रो खेलको समय साँझ ५ बजे तोकिएको छ।

एउटा मात्र खेल हुने दिन पनि खेल साँझ ५ बजेबाटै सञ्चालन हुने छ। यसअघिको तालिकामा दोस्रो खेल र एकल खेल दुवै अपराह्न ४:३० बजे राखिएको थियो, जुन अब आधा घण्टा पछि सारिएको छ। सिद्धार्थ बैंक एनपीएल कात्तिक ९ गते अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने छन्। क्यानका अनुसार एलबीडब्लू निर्णय जाँच्न बलको पूर्ण त्रिआयामिक ट्र्याकिङ प्रविधि प्रयोग गरिने छ। रन आउट र स्टम्पिङसम्बन्धी निर्णयको समीक्षामा पनि यो प्रणाली प्रयोग हुने छ।

बल ब्याटमा छोएको छ कि छैन भनेर कृत्रिम बौद्धिकतामा आधारित प्रविधिले पत्ता लगाउने छ। सचिव खड्काले यसअघि दुई कम्पनीले प्रविधिको परीक्षण गरिसकेको बताउनुभएको थियो।

स्रोत

सम्बन्धित समाचार