पूर्वकप्तान विनोद दास मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई मलेसियन क्रिकेट संघले आफ्नो प्रमुख सञ्चालन अधिकृत नियुक्त गरेको छ। अङ्ग्रेजीमा चिफ अपरेटिङ अफिसर भनिने यो पदलाई छोटकरीमा सीओओ भनिन्छ। मलेसियन संघले आज फेसबुकमार्फत दासलाई नयाँ सीओओका रूपमा स्वागत गर्दै नियुक्तिको जानकारी दिएको छ।
संघका अनुसार दाससँग क्रिकेट सञ्चालन, प्रशिक्षण तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रममा व्यापक अन्तर्राष्ट्रिय अनुभव छ। दासको यही अनुभवले मलेसियाको क्रिकेट सञ्चालन र उच्च प्रदर्शन कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


