एनपीएलमा पहिलोपटक डीआरएस, तेस्रो संस्करणको पहिलो खेलदेखि नै लागू हुने

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो खेलदेखि नै डीआरएस प्रयोग गरिनेछ। यसका लागि एक भारतीय कम्पनीसँग सम्झौता भएको छ।
डीआरएस पछिल्लो समय क्रिकेटमा प्रयोग हुँदै आएको चर्चित प्रविधि हो। यो प्रविधि लागू भएसँगै एनपीएलमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध हुनेछ।
नेपाली क्रिकेटको इतिहासमा एनपीएलमा यो प्रविधि पहिलोपटक प्रयोग हुन लागेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


