आइएचएफ नेसन्स वुमेन्स ट्रफी: नेपालले माल्दिभ्सलाई २४–१८ ले हरायो

नेपाली महिला ह्यान्डबल टोलीले माल्दिभ्सलाई २४–१८ गोलको अन्तरले हराएको छ। बंगलादेशको ढाकामा चलिरहेको आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ को जोन–२ प्रतियोगितामा यो नेपालको दोस्रो खेल थियो। आफ्नो पहिलो खेलमा भने नेपाल आयोजक बंगलादेशसँग हारेको थियो।
यो जितसँगै दुई खेलमा नेपालको एक जित र एक हार भएको छ। माल्दिभ्ससँगको भिडन्तमा विमला तामाङ प्लेयर अफ द म्याच बनेकी छन्। नेपाल अब तेस्रो खेलमा भारतसँग भिड्नेछ।
अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ अर्थात् आइएचएफले यो प्रतियोगिता आयोजना गरेको छ। नेपाली टोलीको नेतृत्व कप्तान बन्दना राईले गरेकी छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


