चालु आवको पहिलो तीन महिनामा मुस्ताङमा पर्यटक घटे

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यस अवधिमा ६९ हजार ४०३ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्। गत वर्षको सोही अवधिमा यो सङ्ख्या १ लाख १८ हजार ६८५ थियो।
यसरी पर्यटक आगमन ४१ दशमलव ५२ प्रतिशतले घटेको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार यस वर्ष साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ पर्यटक आएका छन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र असोज ११ गतेको भारी वर्षाले बेनी–जोमसोम सडक दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध भयो।
यही कारण पर्यटक घटेको जनाइएको छ। सडक बन्द रहेको असोजको दोस्रो र तेस्रो साता थोरै पर्यटक मात्र पोखरा–जोमसोम हुँदै मुस्ताङ पुगेका थिए।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


