३ कात्तिक २०८३ English
English

आन्तरिक ऋण गौरव र रूपान्तरणकारी आयोजनामा खर्च गर्न आयोगको निर्देशन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आन्तरिक ऋण गौरव र रूपान्तरणकारी आयोजनामा खर्च गर्न आयोगको निर्देशन

YouTube मा सब्स्क्राइब

सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसभन्दा बढी आन्तरिक ऋण उठाएको छ। आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको छ। आयोगका अनुसार सो वर्ष सरकारले ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।

यो रकम कुल गार्हस्थ उत्पादनको ५.४३ प्रतिशत बराबर हो। आयोगले ऋण कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतभित्र राख्न सिफारिस गरेको थियो। यसरी सिफारिसभन्दा ०.४३ प्रतिशत बढी ऋण परिचालन भएको छ।

प्रदेश र स्थानीय तहले बजेटमा आन्तरिक ऋणको लक्ष्य राखे पनि कार्यान्वयन कमजोर देखिएको आयोगले जनाएको छ। केही स्थानीय तहले बजेटबाहिर ऋण लिएको पनि प्रतिवेदनमा उल्लेख छ।

स्रोत

सम्बन्धित समाचार