३ कात्तिक २०८३ English
English

एनपीएललाई आईसीसीको मान्यता, कर्णाली याक्सले भन्यो ऐतिहासिक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएललाई आईसीसीको मान्यता, कर्णाली याक्सले भन्यो ऐतिहासिक

YouTube मा सब्स्क्राइब

नेपाल प्रिमियर लिग अर्थात् एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीले दिएको मान्यतालाई कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले ऐतिहासिक उपलब्धि भन्नुभएको छ। घिमिरेका अनुसार आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकासमा टेवा पुग्नेछ। उहाँले यसबाट खेलाडीले अन्तर्राष्ट्रिय अनुभव पाउने र क्लबबीच स्वस्थ प्रतिस्पर्धा बढ्ने बताउनुभएको छ।

मान्यतासँगै क्लबहरूले आफूलाई चाहिएका स्तरीय टेस्ट खेलाडी भित्र्याउन सक्ने बाटो खुलेको उहाँको भनाइ छ। यसले लगानीकर्ता र निजी क्षेत्रलाई पनि सुरक्षा दिने उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार एनपीएलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान बढाउनेछ र खेल पर्यटनको प्रवर्द्धनमा पनि योगदान दिनेछ।

स्रोत

सम्बन्धित समाचार