२ कात्तिक २०८३ English
English

एसीसीको घोषणा: नेपालले ओडीआई मान्यता जोगायो, आईसीसीको पुष्टि बाँकी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसीसीको घोषणा: नेपालले ओडीआई मान्यता जोगायो, आईसीसीको पुष्टि बाँकी
तस्बिर: रातोपाटी

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार ओमानलाई १० रनले हराएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियाली क्रिकेट परिषद् (एसीसी) ले जनाएको छ। एसीसीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।

तर आईसीसीले भने यस विषयमा अहिलेसम्म केही बोलेको छैन। आईसीसीले आधिकारिक पुष्टि गर्न बाँकी रहेको पारसले बताएका छन्।

ओमानको अल अमेरात मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको थियो। जवाफमा ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। यो जितसँगै नेपालले लिग–२ को यात्रा शीर्ष ६ भित्र छैटौँ स्थानमा रहेर टुङ्ग्याएको छ।

नेपालको मुख्य लक्ष्य शीर्ष चारमा पुग्नु थियो। प्रतियोगितामा अपेक्षाअनुसार नतिजा नआएपछि त्यो सम्भावना समाप्त भएको थियो र नेपालका लागि ओडीआई मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्ने अवस्था थियो।

ओडीआई मान्यता जोगिएको भन्दै राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले खुसी साटेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार