२ कात्तिक २०८३ English
English

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिर मङ्गलबार बिहान ५ बजेदेखि खुला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिर मङ्गलबार बिहान ५ बजेदेखि खुला
तस्बिर: रातोपाटी

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मङ्गलबार सर्वसाधारणका लागि खुला गरिने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको यो मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ।

तलेजु भवानी मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र भक्तजनका लागि खुला गरिन्छ।

वर्षमा एक दिन मात्र खुल्ने भएकाले महानवमीका दिन मन्दिरमा दर्शन र पूजाआराधना गर्न हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।

तपाईं तलेजु भवानीको दर्शन गर्न चाहनुहुन्छ भने मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेभित्र हनुमानढोका दरबार क्षेत्र पुग्नुपर्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार